मकवानपुर जिल्ला अदालतले नियमित पेशी सुचारु गर्ने

जनपत्र
१ कार्तिक २०८२, शुक्रबार ०८:४२

हेटौंडा । मकवानपुर जिल्ला अदालतले मुद्दाको प्राथमिकताको आधारमा नियमित सुनुवाइ सुरु गर्ने भएको छ । अदालत र जिल्ला बार एसोसिएसन कार्य समितिबीचको सहमति तथा अदालतको पूर्ण बैठकको निर्णयअनुसार कार्तिक १३ गतेदेखि मुद्दाहरूको नियमित सुनुवाइ प्रारम्भ गर्ने निर्णय गरिएको अदालतका श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।

अदालतले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, “मिति २०८२–०६–३० गते जिल्ला बार एसोसिएसन कार्य समिति मकवानपुरसँग एवं यस अदालतको पूर्ण बैठकको निर्णयानुसार मिति २०८२–०७–१३ गतेबाट मुद्दाको प्राथमिकताको आधारमा नियमित रुपमा मुद्दाको सुनुवाइ प्रारम्भ गर्ने निर्णय भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ।” त्यस्तै अदालतको साप्ताहिक पेशी सूची कार्तिक २ गते अदालतको सूचना पाटीमा टाँस गरिने पनि सूचनामा उल्लेख गरिएको कौशिकले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*