तिहार आएकै छैन, हेटौंडाका व्यापारीले बढाइसके ‘ड्राइफ्रुट्स’ को भाउ

जनपत्र
२८ आश्विन २०८२, मंगलवार ०८:२१

हेटौंडा । तिहारमा भाइ मसलाका रुपमा ‘ड्राइफ्रुट्स’ को धेरै व्यापार हुन्छ । अरु समयमा खासै यसको बिक्री कमै मात्र हुने गरेको भएपनि अहिले भाइ मसलाको रुपमा ‘ड्राइफ्रुट्स’को धेरै बिक्री हुने भएपछी यसमा थोक बिक्रेता र खुद्रा बिक्री गर्नेले मनलाग्दी रुपमा बिक्री गर्न थालेका छन् ।

हेटौंडा बजार क्षेत्रका पसलै पिच्छे ग्राहक बनेर सोध्ने हो भने भाइ मसला अर्थात ‘ड्राइफ्रुट्स’ को मुल्य फरक फरक पाइन्छ । स्यामपलका रुपमा सोध्दै जाने हो भने पनि हेटौंडा बजारका पसलहरुमा भाइमसलाको मुल्यमा निकै फरक पाइने र उपभोक्ताहरु समजै रुपमा ठगिने गरेका छन् ।

तिहार आउन एक साता भन्दा बढी बाँकी रहँदा हेटौंडा बजारमा ‘ड्राइफ्रुट्स’ को भाउ बढेको छ । अन्य समयमा कम खपत हुने तर विशेषगरी तिहारमा यस्ता वस्तु बढी मात्रामा खपत हुने गर्छ । हेटौंडाका खुद्रा पसल होस या थोक पसल सबैमा भाइमसलाका रुपमा प्रयोगहुने ‘ड्राइफ्रुट्स’ को भाउ बृद्धी गरिएको छ ।

तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीका लगाइ भाइमसला दिने परम्परा छ । तिहारका बेला भाइमसलाको माग अत्यधिक बढ्छ र यसको खपत पनि व्यापक हुने गर्छ । तिहारमा विभिन्न प्रकारका सुक्खा फलहरू जस्तै काजु, नरिवल, छोकडा, ल्वाङ, बदाम, किसमिस, ओखर, मखना, मिश्री, दालचिनी, सुकुमेल र अन्जिर प्रयोग विशेषरूपमा बढी हुन्छ । उपभोक्ताले आफ्नो सुविधा अनुसार प्याक गरिएका वा खुला भाइमसला खरिद गर्न रुचाउँछन् ।

हेटौंडाका केही व्यवसायीका अनुसार दशैंमा ड्राइफ्रुट्सको भाउ बढेको थिएन । तर, दशैंलगत्तै भाउ बढेर आएको हो । हेटौंडाका खुद्रा व्यवसायी सुमन साहले केहीको मूल्यमा वृद्धि भएको छ भने केही स्थिर रहेको र केहीमा सामान्य गिरावट आएको छ ।

नयाँ सामानमा मुल्यबृद्धी भएर आएको उनले बताए । तिहारको माग बढ्दै जाँदा अहिले नबढेका र स्थिर रहेका वस्तुको भाउ अmझै बढ्न सक्ने उनको भनाइ छ ।

‘नयाँ सामान ओखर, पिस्ता, नरिवल र मखनाको मूल्य बढेर आएको छ यहाँका व्यापारीहरु बताउँछन् । व्यवसायीका अनुसार ओखरको भाउ प्रतिकिलो २० रुपैयाँले बढेको छ । यस्तै पिस्ताको भाउ पनि ७५ देखि १ सय रुपैयाँसम्म बढेको छ ।

ओखर हाल होलसेलमा किलोको ४ सय ५० रुपैयाँ रहेकोमा भाउ बढेसँगै ४ सय ७० पुगेको छ । खुद्रा व्यवसायीहरू ओखर दुई प्रकारको आउने र त्यसको मूल्य पनि फरक हुने बताउँछन् । खुद्रामा अहिले ओखर प्रतिकिलो ५ सयदेखि ६ सय ५० रुपैयाँसम्ममा किनबेच भइरहेको छ ।

काजुको मूल्यमा भने कुनै परिवर्तन नआएको व्यवसायीको भनाइ छ । यसको होलसेल मूल्य किलोको १ हजार ५ सय ५० रुपैयाँ रहेकोमा खुद्रामा भने १ हजार ७ सयदेखि १ हजार ८ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

ड्राइफ्रुट्सको भाउ प्रत्येक पसलपिच्छे फरक पाइने गरेको हेटौंडा ४ का उपभोक्ता स्याम सापकोटा बताउँछन् । तिहार आउन अझै केही दिन बाँकी रहेकाले भाउ अझै घट्छ वा बढ्छ भनेर भन्न नसकिने व्यापारीहरुको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*