हेटौंडामा अबैध लङगुर बुर्जा खेल्दै गरेको अवस्थामा तीन लाख नगद सहित पाँच जना पक्राउ
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–८ कमानेस्थित नमुना चोकमा अबैध रुपमा लङगुर बुर्जा खेलाउँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, गएराती विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले लङगुर बुर्जाको गट्टी र खाल १ सेटसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ परेकासँग नगद ३ लाख ९६५ रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरुमा हेटौंडा–८ नमुना चोकका २७ वर्षीय रामकृष्ण मैनाली, मकवानपुरगढी गाउँपालिका–४ घर भई हाल हेटौंडा–५ बस्ने ४२ वर्षीय दिपक अर्याल, हेटौंडा–१७ घर भई हाल हेटौंडा–१५ बस्ने २६ वर्षीय विजय लामा, हेटौंडा–९ घर भई हाल हेटौंडा–८ बस्ने ३९ वर्षीय सुरेन्द्र अधिकारी र बागमती गाउँपालिका–८ घर भई हाल हेटौंडा–८ बस्ने ३१ वर्षीय अर्जुन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।






