अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको छ : महेश बर्तौला

जनपत्र
२१ आश्विन २०८२, मंगलवार ०८:१७

नेकपा एमालेका नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन्।

उनले आम नागरिक र राज्यका जिम्मेवारीमा रहेका कर्मचारीहरूले पनि त्रास, भय महशुस गरिरहेको बताए।

सरकारको चरित्र र कार्यप्रणालीबाट नागरिकहरूमा भय र अनिश्चितता हट्न नसकेको उनको भनाइ छ। पत्रकारसँग उनले राजनीतिक अभियन्ता, कार्यकर्ता, नेता वा शुभचिन्तकहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर महशुस गर्नुपर्ने परिस्थिति बनिरहेको दाबी गरे।

उनले दण्डहीनता फैलन नदिने र विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।

परिभाषित जिम्मेवारीअनुसार राज्यका अंगहरूले निष्पक्ष, स्वतन्त्र र सहज रूपमा काम गर्न पाउने वातावरण सरकारले निर्माण गर्नुपर्ने उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*