बागमती प्रदेशका ११ ठाउँमा सडक अवरुद्ध

जनपत्र
२० आश्विन २०८२, सोमबार ०८:५३

हेटौंडा । बाढीपहिरोका कारण बागमती प्रदेशका ११ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएका छन् । लगातार दुइ दिन सम्म परेको पानीका कारण मकवानपुर जिल्ला सहित बिभीन्न जिल्लाका राजमार्ग तथा छोटो दुरीका सडकहरु अबरुद्ध भएका हुन् । सडक अबरुद्ध हुँदा यात्रा गर्नका लागि कठिन समेत भएको छ ।

हेटौंडा भएर काठमाण्डौं जाने भिमफेदी, सिस्नेरी हुँदै काठमाण्डौं जाने सडक र कान्तिलोकपथ सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हेर्नुहोस् पूर्णरुपमा अवरुद्ध भएका सडक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*