हेटौंडामा घाम लाग्यो, जनजीवन सामान्य बन्दै

जनपत्र
१९ आश्विन २०८२, आईतवार ०८:५२

हेटौंडा । हेटौंडा उपमहानगरपालिका लगायत मकवानपुरका सबैजसो स्थानीय तहमा आज बिहानबाट घाम लागेको छ । पानी पर्न रोकिएपछि जनजीवन पनि सामान्य बन्दै गएको छ । अहिले बिहान हेटौंडामा मधुरो घाम लागिरहेको छ ।

घामलागेसंगै दशैको टिका लगाउनका लागि आफन्तकहाँ जान लागेकाहरुलाई सहज भएको छ । लामो दुरीका गाडीहरु नचलेपनि छोटो दुरीका सवारीका साधनहरु चलिरहेका छन् । हिजो वर्षा र बाढीका कारण अबरुद्ध बनेका सडकहरु पनि पहिरो पन्छाउन सुरु गर्ने तयारी भइरहेको छ ।

अविरल वर्षाका कारण बागमती प्रदेशका विभिन्न स्थानमा पहिरो खस्दा र जमिन भासिँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार अविरल वर्षाका कारण मकवानपुर, चितवन, धादिङ, काभ्रे, सिन्धुपाल्चोक र रामेछाप जिल्लामा पहिरो र बाढी तथा जमिन भासिँदा सडक सञ्जाल अवरुद्ध भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*