दशैं केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय हो–बागमती प्रदेश प्रमुख देवकोटा

जनपत्र
१३ आश्विन २०८२, सोमबार ०६:५१

मकवानपुर । बडादशै २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश दिनुभएको छ ।

घटस्थापनाको दिनदेखि शुरू हुने बडादशै कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ, यद्यपि आज फूलपातीसंगै बडा दशैको विशेष चहलपहल आरम्भ हुदैछ । विभिन्न शक्तिपीठहरूमा विविध धार्मिक चलनअनुसार पूजा अर्चना र धार्मिक कृयाकलापहरू सम्पन्न गरिन्छ ।

फूलपातीको दिनदेखि महाअष्टमी, महानवमी हुँदै विजयादशमीसम्मको यात्राले नेपाली समाजलाई आस्था, संस्कार र एकताको अनन्त धरोहरमा बाँध्ने कार्य गरेको प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नुभएको छ।

दशैं केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको अनन्त प्रेरणा होू उहाँले सन्देशमा भन्नुभएको छ ।

बडादशै शक्तिको जागरण र आत्मबलको प्रतीक भएको देवकोटाले बताउनु भएको छ । यसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउँछू सन्देशमा भनिएको छ यो पर्वले सत्य, धर्म र न्यायको विजयी क्षणलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउँछ।

देश हाल रुपान्तरणको संवेदनशील चरणमा रहेको उल्लेख गर्नुहुदै प्रदेश प्रमुख देवकोटाले सन्देशमा उल्लेख गर्नु भएको हालैको आन्दोलन, जनधनको अपूरणीय क्षती र विकसित घटनाक्रमले आम नागरीकमा उल्लास देखिएको छैन, दशैको मुखमा यात्रुहरूले ठुलो सास्ती बेहोर्नुपरेको छ । पीडाबाट गुज्रेको बेला आम समुदायमा उल्लास र रौनकता देखिएको छैन ।

यद्यपि पर्वले शान्ति, स्थिरता र समृद्धिको ढोका खोल्ने आशा उहाँ व्यक्त गर्नुभएको छ । चुनौतीहरूको यो परिवेशलाई अवसरमा बदल्नका लागि दशैंले दिने संयम, साहस र सहकार्यको प्रेरणाले सबैलाई उर्जा प्रदान गर्नेछ भन्ने विश्वास उहाँले लिनुभएको छ ।

ूयस महान् पर्वले नागरिकबीच आपसी सद्भाव, भ्रातृत्व र सहअस्तित्वलाई अझ सुदृढ बनाओस्,, हरेक घर–घरमा सुख, शान्ति र समृद्धिको आशीर्वाद पुग्दै हाम्रो समाजलाई सभ्य, प्रगति र समृद्धिको दिशातर्फ अघि बढाउन सघाओस् भन्ने मेरो हार्दिक शुभेच्छा रहेको छू सन्देशमा भनिएको छ । उहाँले पर्वमा तडकभडक र फजूल खर्च नगरी आ आफ्नो गच्छे अनुसार पर्व मनाउन समेत प्रेरित गर्नुभएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*