हेटौंडामा युवा संघले गरेको कार्यक्रममा २७४ जना द्वारा रक्तदान

जनपत्र
५ भाद्र २०८२, बिहीबार १५:२५

हेटौंडा । नेकपा एमाले निकटको भातृ संगठन युवा संघ नेपाल मकवानपुरले आज हेटौडामा बृहत रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा अहिले सम्ममा धेरै अर्थात २७४ जनाले रक्तदान गरेका छन् । हेटौंडाको हुप्रचौरमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको नेकपा एमालेका मुख्य सचेतक तथा मकवानपुर क्षेत्र नम्बर–२ का सांसद महेश कुमार वर्तौलाले उद्घाटन् गरे । रगतको अभावमा रहेकाहरूलाई जीवन दिने अभियानका साथ कार्यक्रम गरिएको युवा संघ मकवानपुर अध्यक्ष राजेश नगरकोटीले बताए । रक्तदान कार्यक्रममा बिभीन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको अध्यक्ष नगरकोटीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*