मकवानपुरको कुलेखानी ड्याम भरिन लागेकोले सतर्क रहन प्रशासनको अनुरोध
हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका स्थित कुलेखानी ड्याम भरिन लागेकाले तल्लो तटिय क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन मकवानपुर प्रशासन कार्यालयले अनुरोध गरेको छ ।
कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको हुँदा यस क्षेत्रका वासिन्दाहरुलाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।
कुलेखानी देखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ एलर्टमा बस्नुहुन प्रशासनले अनुरोध गरेको हो ।






