बागमती प्रदेशः सरकार फेरवदलले प्रदेशसभा बैठकमा पनि समस्या, ९७ पटक बैठक

जनपत्र
११ आश्विन २०८१, शुक्रबार ०७:५६

हेटौंडा । केन्द्रको सत्ता गठबन्धन फेरबदलको असर पर्दा प्रदेशसभाहरूको पनि कामकारबाही सन्तोषजनक छैन । प्रदेशसभा पनि सरकार फेरबदल तथा मुख्यमन्त्रीलाई विश्वासको मत दिने र नदिनेमै व्यस्त देखिएको छ ।

६३० दिनमा वाग्मती प्रदेशसभामा ९७ दिन बैठक बसेको छ भने ११ विधेयक पारित भएका छन् । यस अवधिमा वाग्मती प्रदेशसभाले ५ मूल ऐन, २ संशोधन र ४ वटा बर्सेनि ल्याउनुपर्ने आर्थिक र विनियोजन विधेयक पारित गरेको छ । शिक्षा, स्वास्थ्य तथा कृषि समितिबाट पारित भएका दुई र उद्योग, पर्यटन तथा वातावरण समितिबाट बिधेयक पारित भएको छ ।

प्रदेशसभाको अधिकांश समय सरकार गठन र विश्वासको मत लिने कार्यमा केन्द्रित हुँदा प्रदेशमा कानुन निर्माण सुस्त गतिमा अगाडि बढिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*