हेटौंडामा हाडनाता करणीको अभियोगमा युवकलाई १५ वर्ष कैद

जनपत्र
३१ भाद्र २०८१, सोमबार १९:२३

हेटौँडा । हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १५ वर्ष कैद सजाय गर्ने फैसला गरेको छ । अदालतले युवकबाट पीडित बालिकालाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने र २० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको हो ।

जिल्ला न्यायाधीश पूर्णिमा कोइरालाको इजलाशले हेटौँडा उपमहानगरपालिका १५ का २५ वर्षीय नाम परिवर्तित ३१ ए युवकलाई १४ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

उक्त इजलाशले हाडनाता बलात्कार गरेकोमा १३ वर्ष र बालिका बलात्कार गरेकोमा थप २ वर्ष गरी १५ वर्ष कैद गर्ने फैसला गरेको अदालतले जनाएको छ । हाडनाता पर्ने बालिकालाई बलात्कार गरेको आरोपमा युवकलाई २०७९ असोजमा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको थियो ।

२०७९ कार्तिकमा अदालतले युवकलाई पुर्पक्षका थुनामा राख्न क्षेत्रीय कारागार भीमफेदी पठाएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*