वर्षाका कारण पहिरो खस्दा हेटौंडाको एक घरमा क्षति

जनपत्र
२० भाद्र २०८१, बिहीबार १६:०५

हेटौंडा । निरन्तरको वर्षाका कारण पहिरो खस्दा हेटौंडाको एक घरमा क्षति भएको छ । हेटौंडा उपमहाँनगरपालिका वडा नम्बर–११ झोलुङ्गे पुल टोल बस्ने तुल बहादुर श्रेष्ठको १ तले ब्लक र माथी जस्ताले छाएको ४ कोठे घर बर्षाको कारण क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

वर्षाका कारण घरमा पुर्ण रुपमा क्षती भएको र घरभित्र रहेका सामानमा पनि क्षति भएको छ । पहिरोले घरमा क्षती पुर्याएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। पहिरोले भान्छा कोठा, विद्युतीय उपकरणका क्षती पुगेको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*