मकवानपुरमा जंगली हात्तिका कारण चेपाङको घरमा क्षति
हेटौंडा । मकवानपुरमा जङगलि हात्तिले गएराती एक घरमा क्षति पुर्याएको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–८ सिमपानीमा जंगली हात्ति आइ घरमा क्षति पुर्याएको हो ।
हात्तिले स्थानीय माइला चेपाङको जस्ताले छाएको काठको एक तले घरमा आंशिक रुपमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । हामित्तले घरमा क्षति पुर्याए पनि मानविय र चौपाय क्षती नभएको र हात्तिलाई जंगल तर्फ लखेटिएको हो ।
हात्ति लखेट्नका लागि स्थानिय र मध्यव्रति क्षेत्र पर्सा पदमपोखरी सेक्टर लामिटार ब्यारेकबाट नेपाली सेनाको टोलि खटि गएको थियो ।






