हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

जनपत्र
१ भाद्र २०८१, शनिबार १६:३४

हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको छ । हेटौंडा उपमहनगरपालिका वडा नम्बर–९ धाप स्थित भित्री सडक मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु भएको हो ।

मयुरधापबाट हेटौडा बजार तर्फ आउदै गरेको बागमती प्रदेश ०३–००५ प २४३ नम्बरको मोटरसाइकलले स्थानीय रामचन्द्र अर्यालका छोरा ५ ५ वर्षिय सिभांस अर्याललाई बाटो छेउमा हिडिरहेको अबस्था ठक्कर दिई घाईते भई उपचारको लागी हेटौडा अस्पताल ल्याएकोमा आज दिउसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*