बागमती प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका बहादुरसिंह लामा हुने निश्चित

जनपत्र
६ श्रावण २०८१, आईतवार १२:४१

हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीका नेपाली कांग्रेशका महादुर सिंह लामा हुने निश्चत जस्तै भएको छ । आज प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार ढले लगतै अर्को सत्ता समिकरण अनुसार नेकपा एमाले र कांग्रेसको सरकारमा कांग्रेशका प्रदेश संसदीय दलका नेता लामा मुख्यमन्त्री बन्ने तयारी भएको हो ।

यसका लागि केन्द्रमा ठुला दुइ दलका बिचमा भएको सहमती अनुसारनै मुख्यमन्त्री यस प्रदेशमा कांग्रेसले पाउने भएको हो ।

कांग्रेसले वाग्मती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अगाडि बढाउने भएको छ । आइतबार बसेको संसदीय दलको बैठकले दलका नेता लामालाई आगामी मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरेको हो ।

संघमा कांग्रेस र एमालेको गठबन्धन भएसँगै वाग्मतीमा पनि सरकार परिवर्तन हुन लागेको हो । वाग्मतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार गठन हुन लागेको हो । वाग्मतीमा कांग्रेस र एमालेको सहज बहुमत पुग्ने अवस्था रहेको छ । ११० सदस्यीय प्रदेशसभामा कांग्रेससको ३७ र एमालेको २७ सासंद रहेका छन् । बहुमतका लागि ५६ मतको आवश्यकता रहेको छ ।

मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । संविधानको धारा  अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए ।

जम्मकट्टेलले नेतृत्वको सरकारले विश्वासको मत नपाएपछि कांग्रेसका लामाले एमाले समेतको समर्थनमा आज नै मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारी गरेका छन् । ‘विश्वासको मत मुख्यमन्त्रीले नपाएपछि दुई दलको बैठक बसेर मुख्यमन्त्रीका लागि दावि पेस गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*