बागमती प्रदेशसभामा आज मुख्यमन्त्रीले विश्वासको मत लिदै, अब माओबादी प्रतिपक्ष

जनपत्र
६ श्रावण २०८१, आईतवार ०७:०६

हेटौंडा । बागमती प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले बिश्वासको मत लिदैछन् । जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि कार्यसूची तय भएको छ।

बागमती प्रदेश सभा कार्यव्यवस्था परामर्श समितिको शनिबार प्रदेश सभा सचिवालयमा बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत दिने प्रयोजनका लागि समय व्यवस्थापनसँगै कार्यसूची बनाएको हो। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चौथो पटक प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।

मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरुले बोल्ने कार्यक्रम तय भएको नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।

एमाले र नेपाली कांग्रेसको अर्को समिकरण बनेपछी यस प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त नगर्ने र आजैबाट माओवादी नेतृत्वको सरकार ढल्ने भएको छ । अब भने संघ सरकारमा जस्तै यस प्रदेशमा पनि माओवादी प्रमुख प्रतिपक्षि दलकोको रुपमा रहने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*