बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत नदिन एमालेको ह्विप
हेटौंडा । नेकपा एमाले संसदीय दल बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको बिपक्षमा मत दिन ह्वीप जारी गरेको छ । नेकपा एमालेले आफ्ना सांसदहरुलाई बिपक्षमा मत दिन आज ह्वीप जारी गरेको हो।
एमाले संसदीय दलका मुख्य सचेतक मधुसूदन पौडेलले एमाले सांसदहरुलाई आइतबारको प्रदेश सभा बैठकमा अनिवार्य उपस्थित भई मुख्यमन्त्रीको विश्वासको मतको बिपक्षमा मत दिन ह्वीप जारी गरिएको जानकारी दिए।
मुख्यमन्त्री जम्कट्टेलले आइतबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा बनेको वर्तमान सरकार एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको हो । सङ्घीय सरकारमा कांग्रेस एमालेसहितको गठबन्धन बनेसँगै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको थियो ।






