बागमतीका मुख्यमन्त्री र स्वास्थ्य सचिबद्वारा हेटौँडा अस्पतालका १३० कर्मचारी कटौती

नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई वन्चित गर्दै कर्मचारी कटौती गर्दा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्याब लगायतका क्षेत्रमा सेवा प्रभावित हुने भएको छ ।
जनपत्र
३२ असार २०८१, सोमबार ०८:१०

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल र स्वास्थ्य मन्त्रालयका सचिब बद्री बहादुर खड्काद्वारा हेटौँडा अस्पतालका १३० कर्मचारी कटौती कटौती गरेका छन् ।

प्रदेश सरकारले नागरिकको स्वास्थ्य सेवा पाउने अधिकारलाई वन्चित गर्दै कर्मचारी कटौती गर्दा हेटौंडा अस्पतालमा आकस्मिक, ओपीडी, ल्याब लगायतका क्षेत्रमा सेवा प्रभावित हुने भएको छ । अहिले पनि पर्याप्त जनसक्ति अभाबमा सिमित जनसक्तिले सेवा दिइरहेका बेलामा कर्मचारी कटौती गर्दा थप समस्या हुने भएको छ ।

अहिले प्रदेशको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्रीले लिएको र त्यही समयमा सचिब खड्काको उक्साहटमा लागेर कर्मचारी कटौती गरिएको हो । स्वास्थ्य मन्त्रालयले अस्पतालमा गत २०८० असोजमा नियुक्ति लिएर काम गर्दै आएका उनीहरूको करार अवधि नवीकरण नगर्ने निर्णय गरेसँगै उनीहरू स्वतः कटौतीमा परेका हुन् ।
मन्त्रालयले हेटौँडा अस्पतालका लागि चालु आर्थिक वर्षमा नियुक्त गरिएको १३० जना प्रशासनिक र प्राविधिक जनशक्तिको करार अवधि थप नगर्ने निर्णय गरेको हो । मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सम्हाल्दै आएका बखत असार २७ मा निर्णय गर्दै मन्त्रालय र मातहत कार्यालयमा चालू आर्थिक वर्ष २०८०–०८१ को स्वीकृत दरबन्दीमा कार्यरत कर्मचारीको असार मसान्त पश्चात् करार अवधि थप नगर्ने भएको हो । सो निर्णयअनुसार हेटौँडा अस्पतालमा कार्यरत १३० जना जनशक्ति कटौती हुने भएको छ ।


बिरामीलाई प्रतक्ष रुपमा सेवा दिनुपर्ने बिभीन्न तहका कर्मचारी कटौतीले निकै समस्या हुने मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार तथा हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईले बताए ।

सो निर्णयअनुसार हेटौँडा अस्पतालले पनि सूचना जारी गर्दै म्याद थप नहुने जनाएको छ । १३० कर्मचारी कटौती हुने भएसँगै अस्पतालमा जनशक्तिको चरम अभाव हुने निश्चित भएको छ । अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका लागि चालू आर्थिक वर्षमा मन्त्रालय र लोकसेवा आयोगसँगको समन्वयमा विज्ञापन गरी ती कर्मचारीहरू नियुक्त गरेको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईँले जानकारी दिए ।

उनका अनुसार अस्पतालको सेवा प्रवाह प्रभावित हुनेगरी मन्त्रालयले उक्त निर्णय गरेको हो । १३० कर्मचारी कटौती हुँदा साउन १ गतेबाट अस्पतालको सबै तहको सेवा प्रवाह प्रभावित हुने उनको भनाई छ । १३० जना कर्मचारी मध्ये ८० प्रतिशत कर्मचारी प्राविधिक रहेको उनले बताए । अस्पतालको सेवा विस्तार पछि गुणस्तर वृद्धिका लागि सो कर्मचारी खटाइएको थियो ।

गत वर्ष पनि अस्पतालको १४४ कर्मचारी कटौती गरिएको थियो । प्रदेश सरकारले बजेट कटौती गरेको र कर्मचारीलाई तलब भत्ता उपलब्ध गराउन नसकिने भन्दै प्राविधिक र प्रशासनिक १४४ कर्मचारी हटाउने निर्णय भएको थियो । यस विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री जम्मकट्टेलको फोन उठेन ।

प्रदेश सरकारले सो कर्मचारीको तलब भत्ताको बजेट सोझै अस्पतालमा पठाएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले आर्थिक वर्ष २०७९र०८० मा भर्ना गरेको सो कर्मचारीहरू हटाइएको थियो । सो कर्मचारी हटाएर चालु आर्थिक वर्षको २ महिना अस्पतालको सेवा प्रभावित बनेको थियो ।

अस्पतालको सेवा थप प्रभावित हुन नदिन हटाइएका १४४ कर्मचारीमध्ये अधिकांशले २ महिना स्वयंसेवकको रुपमा काम गरेका थिए । २०८० को साउन र भदौ महिनामा उनीहरुले विना तलब काम गरेका थिए । असोजमा हेटौँडा अस्पताल तर्फबाट दैनिक ज्यालादारीमा नियुक्ति लिएपछि मात्र उनीहरुले तलब पाएका थिए ।

यता मन्त्रालयले सो कर्मचारीहरूको भर्ना प्रक्रिया प्रतिष्ठानबाट हटाएर अस्पतालमा नै कायम गरेको थियो । असोज अन्तिम सातामा मन्त्रालयबाट निर्धारित १४४ मध्ये १३० कर्मचारीका लागि अस्पतालबाट भर्ना खुल्ला गरी नियुक्त गरिएको थियो । नियुक्ति लिएको ९ महिनाको अवधि मन्त्रालय पुनः सो कर्मचारीहरू हटाएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*