बागमती प्रदेशका मुख्यमन्त्रीलाई राजिनामा दिन एमालेको आग्रह

जनपत्र
२६ असार २०८१, मंगलवार १५:३४

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दल बागमती प्रदेशले दुरगामी महत्व राख्ने निर्णयहरु नगर्न बागमती प्रदेश सरकारलाई अनुरोध गरेको छ।
मंगलबार दलका नेता एवम् बागमती प्रदेशका पुर्व आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले एक बिज्ञपति जारी गर्दै कामचलाउ हैसियतमा पुगिसकेको वर्तमान सरकार स्पष्ट अल्पमतमा परिसकेको भन्दै मुख्यमन्त्रीलाई यथाशीघ्र राजिनामा गरी सहमतीय सरकार निर्माण गर्ने अभियानलाई साथ दिन अनुरोध गरेको छ ।

जारी बिज्ञप्तीमा भनिएको छ देशमा राजनीतिक स्थायित्व निर्माण गर्न केन्द्र र सम्पूर्ण प्रदेशहरुमा सहमतिको सरकार गठन गर्ने अभिप्रायले हाम्रो पार्टी, नेपाल कम्युनिष्ट पार्टी एमालेले लिइरहेको पहलकदमीलाई आत्मसाथ गर्दै बागमती प्रदेशमा समेत स्थायित्व सुनिश्चित गर्ने सहमतीय सरकार निर्माणको वातावरण बनाउन हामी क्रियाशील छौं।

यसका लागि नेकपा एमाले बागमती प्रदेश संसदीय दलको समर्थनमा गठन भएको माननीय मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वको वर्तमान सरकारबाट हाम्रो पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने पाँच जना मन्त्रीहरुले हिजो माननीय मुख्यमन्त्रीलाई भेटेर राजिनामा तथा समर्थन फिर्ताको औपचारिक जानकारी गराइसकेका छौं ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*