मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार जना विरामी

जनपत्र
१० असार २०८१, आईतवार १९:३४

हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नबर–७, दुगुवाङमा जङ्गली च्याउ खाएर गम्भीर बिरामी भएका दलबहादुर प्रजाको मृत्यु भएको छ । च्याउ खाँदा गम्भीर बिरामी भएका ५५ बर्षीय दलबहादुर प्रजाको उपचारको क्रममा आज दिउँसो रतपुरा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गम्भीर अबस्थाका बिरामी हुनेहरुमा मृतक दलबहादुरकी श्रीमती जालीमाया, उनकी छोरी रेन्जु, सविना र छोरा सुुशील छन् । उनीहरुलाई भरतपुरस्थित सरकारी अस्पतालतर्फ लगिएको प्रहरीले जनएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*