सुनको भाउ तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

जनपत्र
१० असार २०८१, आईतवार १२:४५

काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा दुई हजार सात सय रुपैयाँले घटेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गएको शुक्रवार तोलाको एक लाख ४४ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज दुई हजार सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुन आज तोलामा एक लाख ४२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज चाँदीकाे भाउ पनि घटेकाे छ । चाँदी ५० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*