हमासको कब्जामा रहेका थप चार जना बन्धकको ज्यान गएको इजरायलको दाबी

जनपत्र
२२ जेष्ठ २०८१, मंगलवार १३:५०

unn.prixa.net

प्यालेस्टिनी विद्राेही समूह हमासले कब्जा गरेकामध्ये चार जनाकाे ज्यान गएको इजरायलले दाबी गरेको छ । हमासले गएको अक्टोबर ७ तारिखमा बन्धक बनाएका थप चार जना बन्धकको ज्यान गएको इजरायलले पुष्टि गरेको बीबीसीले जनाएको छ । ज्यान गुमाउने चारै जनालाई गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो ।

मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् । हमासको नियन्त्रणमा रहेका झन्डै एक  सय २० जना बन्धकको अवस्था भने अझै थाहा हुन सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*