टी–२० विश्वकप क्रिकेट : नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान पराजित

जनपत्र
२१ जेष्ठ २०८१, सोमबार ११:०७

unn.prixa.net

आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ । आज बिहान भएको ओमानसँगको खेल नामिबियाले सुपर ओभरमा जितेको हो । सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले खेल जितेको हो ।

यसअघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो ।  टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९ ओभर ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले चार विकेट लिएका थिए । जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए । अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*