अर्थको तजबिजमा खर्च हुने बजेट करिब ७६ अर्ब, कहाँ हुन्छ खर्च ?

जनपत्र
१९ जेष्ठ २०८१, शनिबार १५:२१

काठमाडौं । अर्थ मन्त्रालयको तजबिजमा खर्च गर्न सक्ने गरी राखिने ‘अर्थ विविध’ शीर्षकमा करिब ७६ अर्ब बजेट विनियोजन भएको छ ।

मन्त्रालयका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ मा अर्थ विविधमा ७५ अर्ब ८३ करोड २ लाख रुपैयाँ विनियोजन भएको छ । अर्थ विविधमा धेरै बजेट राख्ने प्रवृत्तिप्रति बहुराष्ट्रिय निकायले निरन्तर प्रश्न उठाइरहेका छन् ।

विज्ञहरू यस्तो रकमलाई संसद्‌बाट वैधानिकता लिएर आफूखुसी खर्च गर्न पाउने शीर्षकका रूपमा व्याख्या गर्छन् ।

उता, अर्थले भने पछिल्लो समय यस्तो बजेट बढाउँदै गएको देखिन्छ । मन्त्रालयका अनुसार अर्थ विविधमा २०७९/८० मा ३० करोड ३७ लाख खर्च भएको देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*