साइकलमा मकवानपुरगढीबाट गोर्खा दरबार
हेटौंडा – हिमलयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा २५६७ औं बुद्धजयन्तीको अवसरमा दुईदिने साइकलयात्रा सुरु भएको छ। मकवानपुरगढी गाउँपालिका–२ को समन्वयमा आन्तरिक पर्यटन प्रवद्र्धनको निम्ति एतिहासिक मकवानपुरगढीदेखि गोरखा दरबारसम्म साइकलयात्रा गरेका हुन् ।
२५६७ औँ बुद्धजयन्तीको अवसरमा आयोजना गरिएको साइकलयात्रा १२ जनाले सहभागिता रहेको सोसाइटीका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार बुद्धजयन्तीको दिन बिहीबार बिहान मकवानपुरगढीबाट सुरु भएको साइकलयात्रा शुक्रबार साँझ गोरखा दरबार पुगेर समापन हुनेछ।
साइकलयात्रामा ६० वर्ष उमेर पार गरेका ४ जना, ५० वर्ष उमेर पार गरेका ४ जना, ४० वर्ष र ३० वर्ष उमेर पार गरेका २र२ जना सहभागि छन् ।
साइकलयात्रामा सोसाइटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्य, कोषाध्यक्ष लक्ष्मीचरन श्रेष्ठ सदस्य, बुद्धिबहादुर आलेमगर, अशोक जोशी, बरुण खतिवडा, सुरज लिम्बू, राजु थापामगर, दुर्गाप्रसाद लामिछाने, कीर्तम मानन्धर, प्रदीप थापाक्षेत्री, लेखनाथ ढकाल, नबराज नेपालसहभागी छन्। सुरज लिम्बुले एकै हातले साइकल चलाएर यात्रा गरिहेका छन् । लिम्बु फरकक्षमता भएका ब्यक्ति हुन् ।






