इरानका राष्ट्रपति इब्राहिम चढेको हेलिकप्टर दुर्घटनास्थल पत्ता लाग्यो

जनपत्र
७ जेष्ठ २०८१, सोमबार ११:३५

unn.prixa.net

उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाएका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लागेको इरानी सरकारी समाचार एजेन्सीले बताएको सीएनएनले जनाएको छ ।

टर्कीले राष्ट्रपति रैसीको हेलिकप्टर दुर्घटनाको खोजी कार्यमा मद्दत गर्न पठाएको ड्रोनले एउटा विकट गाउँ नजिकको पहाडमा हेलिकप्टर ठोक्किएर दाग बसेको ठाउँ पत्ता लगाएको खबरमा उल्लेख छ । तर सही ठाउँको सूचना भने सार्वजनिक गरिएको छैन ।

खराब मौसमका कारण हिजो हेलिकप्टर दुर्घटना भएको आँकलन गरिएको छ । बाक्लो कुहिरो र अत्याधिक चिसो मौसमका कारण दुर्घटना भएको स्थान पत्ता लगाउन उद्धारकर्मीलाई समस्या भईरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*