मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढलेर लाग्दा ज्यान गुमाउनेको सङ्ख्या १४ पुग्यो

जनपत्र
१ जेष्ठ २०८१, मंगलवार १०:५३

unn.prixa.net

भारतको मुम्बईमा आँधीका कारण होर्डिङ बोर्ड ढल्दा ज्यान गुमाउनेको सङ्ख्या १४ जना पुगेको छ । १५ हजार वर्गफिटको होर्डिङ बोर्ड खसेर भएको दुर्घटनामा ७० जनाभन्दा धेरै घाइते भएका छन् । ७० मिटर लामो होर्डिङ बोर्ड पेट्रोल स्टेसन र आसपासमा रहेका घरमा  खसेको बीबीसीले जनाएको छ । मुम्बईमा वर्षा र धुलोको आँधीले रुखहरू ढलेसँगै बोर्ड खस्दा गाडीहरू च्यापिएका छन् ।  त्यहाँ उद्धारको काम भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*