आईपीएल क्रिकेटमा आज चेन्नई र गुजरात खेल्दै

जनपत्र
२८ बैशाख २०८१, शुक्रबार १२:२२

unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किङ्ग्स र गुजरात टाइटन्स खेल्दैछन् ।

यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ । चेन्नई ११ खेलमा १२ अङ्कसहित तालिकाको चौथो स्थानमा र गुजरात समान ११ खेलमा ८ अङ्कसहित तालिकाको पुछारमा छ ।

साविकको विजेता टोली चेन्नई आईपीएल क्रिकेटमा सबैभन्दा सफलमध्येको एक टोली हो । उसले पाँच पटक उपाधि जितेको छ । गुजरात आफ्नो पहिलो सिजन सन् २०२२ मा विजेता र अघिल्लो सिजन उपविजेता बनेको थियो । गएकाे वर्ष अहमदाबदमा भएको फाइनलमा चेन्नईले गुजरातलाई ५ विकेटले हराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*