कोलकातासँग हारले मुम्बइ लिगबाटै बाहिरिने लगभग पक्का

जनपत्र
२२ बैशाख २०८१, शनिबार १०:२९

काठमाडौं । पाँच पटकको च्याम्पियन मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ५१ औं खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएको छ ।

कोलकाताको यो मुम्बइको घरेलु मैदानमा १२ वर्षपछि जित हो । यो हारसँगै मुम्बइ लिगबाट बाहिरिन अब औपचारिकता मात्रै बाँकी छ ।

१७० रनको लक्ष्य पछ्याएको मुम्बइ १८.५ ओभरमा १४५ रनमा अल आउट भयो । सूर्यकुमार यादवले ३५ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५६, इशान किशन १३, रोहित शर्मा ११, तिलक बर्मा ४, नेहाल वढेरा ६ र टिम डेविड २४ रनमा आउट भए ।

कोलकाताका मिचेल स्टार्कले ३.५ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले २-२ विकेट लिए ।

त्यसअघि वानखडे स्टेडियम मुम्बइमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोलकाता १९.५ ओभरमा १६९ रनमा अल आउट भयो ।

वेंकटेश ऐरले ५२ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ७० रन बनाउँदै प्लेयर अफ द म्याच चुनिए । मनिष पाण्डे ३१ बलमा २ चौका र २ छक्कासहित ४२ रघुवंशीले १३ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन भने बनाउन सकेनन् । फिलिप साल्ट ५, सुनिल नारायण ८, श्रेयस ऐर ६, रिंकुसिंह ९ र आन्द्रे रसेल ७ रनमा आउट भए ।

मुम्बइका नुवान थुशरा र जस्प्रित बुमराहले ३-३ विकेट लिए । हार्दिक पान्ड्याले २ र पियुया चवालाले १ विकेट लिए । राजस्थान १० खेलमा ८ मा जितेर १६ अंकका साथ शीर्षस्थानमा छ । कोलकाता १० खेलमा ७ मा जितका साथ १४ अंक जोड्दै दोस्रो स्थानमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*