एमाले मकवानपुरगढी ५ नम्बर वडा कमिटी अध्यक्षमा घिमिरे

जनपत्र
६ चैत्र २०८०, मंगलवार १९:२२

मकवानपुर– नेकपा एमाले मकवानपुरगढी गाउँपालिका ५ नम्बर वडा कमिटीको पुर्नगठन गरिएको छ । मंगलबार भएको वडा भेलाले पुनः सन्तोष घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको हो ।

घिमिरेको अध्यक्षतामा २५ सदस्यीय कार्य समिति गठन भएको छ । उपाध्यक्षमा दिलकुमारी थिङ, सचिवमा रामप्रसाद तिमल्सिना, उपसचिवहरुमा अशोक बजगाईं र शिवराज तिमल्सिना चयन भएका छन् । अध्यक्ष घिमिरेको सभाध्यक्षता तथा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य बलराम बलको प्रमुख आतिथ्यतामा भेला भएको हो ।

भेलामा एमाले प्रदेश कमिटी सदस्य नवराज तिमल्सिना, एमाले मकवानपुरका सचिवालय सदस्य तथा मकवानपुरगढी गाउँपालिका ईञ्चाज बिदुर हुमागाईं, एमाले मकवानपुरका सचिवालय सदस्य मेम्बर लो, एमाले मकवानपुरगढी गाउँपालिका अध्यक्ष रामजी सापकोटा, अनेरास्ववियु मकवानपुरगढीका प्रभास घिमिरेलगायतको उपस्थिति थियो । मकवानपुरका ८ वटा वडामा पार्टी कमिटीको पुर्नगठन भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*