युवासंघ हेटौंडाको अध्यक्षमा काफ्ले

जनपत्र
३ चैत्र २०८०, शनिबार २०:४४

हेटौडा । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको नयाँ कार्यसमिति गठन भएको छ।

हेटौडामा आयोजित राष्ट्रिय युवा संघ नेपाल हेटौडा उपमहानगरपालिका कमिटिको बृहत् युवा भेलाले अनिल काफ्लेको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरेको छ।

उपाध्यक्षमा गोविन्द नेगी, सचिवमा अर्जुन प्रसाद दुलाल, उपसचिवहरूमा सचिन राई र मनीषा राई तथा कोषाध्यक्षमा बिज्ञान नेपाल चयन भएका छन्।

राष्ट्रिय युवा संघ हेटौडा उपमहानगरपालिका कमिटिका निवर्तमान अध्यक्ष एवं मकवानपुर संयोजक राजेश नगरकोटीको सभाध्यक्षता तथा राष्ट्रिय युवा संघ केन्द्रिय कमिटिका उपाध्यक्ष महाराज गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटि लेखा आयोग संयोजक सन्तोष चौलागाईं, राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय सदस्य एवं मकवानपुर इन्चार्ज लक्ष्मण उप्रेती लगायतको आतिथ्यता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*