प्रिमियर लिगमा आज लिभरपुल र म्यानचेस्टर सिटी खेल्दै

जनपत्र
२७ फाल्गुन २०८०, आईतवार ११:१५

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज उपाधि दाबेदारीमा रहेका लिभरपुल र म्यानचेस्टर सिटी खेल्दैछन् । यो खेल आजराति साढे ९ बजे शुरु हुनेछ ।

दोस्रो र तेस्रो स्थानमा रहेका लिभरपुल र म्यानचेस्टर सिटीको समान २७ खेलमा ६३ र ६२ अङ्क रहेको छ । आज लिभरपुलले जितेमा २८ खेलमा ६६ अङ्कका साथ शीर्ष र सिटीले जितेमा ६५ अङ्कका साथ शीर्ष स्थानमा पुग्नेछ । बराबरी भएमा भने आर्सनल नै शीर्ष स्थानमा रहनेछ ।

गएराति भएको खेलमा आर्सनलले ब्रेन्टफोर्डलाई हराउँदै अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । आर्सनलको २८ खेलमा ६४ अङ्क छ । आजै एस्टनभिल्ला र टोटनहम, वेस्ट ह्याम र बर्नली तथा ब्राइटन र नटिङघम फरेस्टबीच पनि खेल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*