नेपाल शिक्षक संघ बागमती प्रदेशको चौथो प्रतिनिधि सभा

जनपत्र
२७ फाल्गुन २०८०, आईतवार १०:२७

हेटौंडा । नेपाल शिक्षक सङ्घ बागमती प्रदेश कार्यसमितिको चौथो प्रतिनिधि सभाको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । शिक्षक संघका बागमती प्रदेश अध्यक्ष दिपक सिम्खडाको सभाध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रिय महामन्त्री बिस्वप्रकाश शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा शिक्षक संघका संघीय अध्यक्ष सोमनाथ गिरी, नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ बिशिष्ट आतिथि रहनु भएको थियो । कार्यक्रममा शिक्षक संघका संघीय, प्रदेशका १३ वटै जिल्ला तथा ११९ स्थानीय तहका पदाधिकारी एवं प्रतिनिधिहरूको उल्लेख्य उपस्थितिमा उद्घाटन सत्र कार्यक्रम सम्पन्न भएको छ।

उद्घाटन सत्र पश्चात शुरू भएको बन्द सत्र यही आज सम्म जारी रहने छ । दुई दिनसम्म सञ्चालन हुने यस कार्यक्रमले शिक्षा सङ्ग जोडिएका विभिन्न मुद्धाहरु माथि छलफल गरी बागमती बागमती घोषणा पत्र जारी गर्ने नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईंले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*