पाँचाैँ टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई एक पारी र ६४ रनले हरायाे
काठमाण्डाै – पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले इङ्ग्ल्यान्डलाई एक पारी र ६४ रनले हराएको छ । योसँगै भारतले पाँच खेलको टेस्ट शृङ्खला ४–१ ले जितेको छ ।
पहिलाे पारीमा २ सय ५९ रनले पछि परेकाे इङ्ग्ल्यान्ड दोस्रो पारीमा तेस्रो दिनको खाना समयपछि १ सय ९५ रनमा अल आउट भयो । इङ्ग्ल्यान्डका जोए रुटले सबैभन्दा धेरै ८४ रन बनाए । भारतका रविचन्द्रश अश्विनले ५ विकेट लिए ।
यसअघि हिमाचल प्रदेशको धर्मशालामा टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्यान्डले पहिलो पारीमा २ सय १८ रन बनाएको थियो । इङ्ग्ल्यान्डका ज्याक क्रलीले ७९ रन बनाए । भारतका कुलदीप यादवले ५ र रविचन्द्रन अश्विनले ४ विकेट लिए ।
भारतले पहिलो पारीमा ४ सय ७७ रन बनाएको थियो । भारतका कप्तान रोहित शर्मा र शुभमन गिलले शतक बनाए भने यशस्वी जयसवाल, देवदत्त पडिकल र सरफराज खानले अर्धशतक बनाए । इङ्ग्ल्यान्डका शोएब बशिरले ५ विकेट लिए ।







