अझ बलियो भएर आउने प्रितीको चाहना

जनपत्र
२५ फाल्गुन २०८०, शुक्रबार १७:३८

काठमाडौं । साउदी अरेबियामा भएको वाफ वुमन्स च्याम्पियनसिपमा नेपाली महिला फुटबल टिमले यस पटक उत्कृष्ट प्रदर्शन गर्‍यो ।

फाइनलमा जोर्डनसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै उपविजेता बने पनि वाफ वुमन्स च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी प्रिती राईले भविष्यको स्टार बन्ने संकेत देखाएकी छन् ।

उमेर समूहका लागि खेल्दै राष्ट्रिय टिमको यात्रा तय गरेकी प्रिती अहिले नेपाली सिनियर टिमकै महत्वपूर्ण सदस्य बनिसकेकी छिन् ।

वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा नेपालले जोर्डन विरुद्ध अग्रता लिइरहेको बेला प्रिती घाइते भइन् र उनी मैदान बाहिर रहेको अवस्थामा जोर्डनले बराबरी गोल फर्काएको थियो । घुँडाको चोटको कारण प्रिती फेरि मैदान फर्कन सकिनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*