एमाले प्रमुख सचेतकमा मकवानपुरका महेश बर्तौला

जनपत्र
२२ फाल्गुन २०८०, मंगलवार १७:४४

हेटौंडा । एमालेको प्रमुख सचेतकमा मकवानपुर क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद महेश बर्तौला र सचेतकमा सुनिता बराल मनोनीत भएका छन् । प्रमुख सचेतक रहेका पदम गिरी सोमबार मन्त्री बनेपछि संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन् ।

बर्तौला यसअघि सचेतक थिए । बर्तौलालाई प्रमुख सचतेक बनाइएपछि बराललाई सचेतकमा मनोनीत गरिएको हो । बर्तौला र बराल दुवै अनेरास्ववियुको राजनीतिकबाट आएका नेता हुन् । बर्तौला मकवानपुर २ बाट निर्वाचित सांसद हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*