एमाले केन्द्रीय कमिटी बैठकका ६ कार्यसूची तय

जनपत्र
८ फाल्गुन २०८०, मंगलवार १२:१५

काठमाण्डाै – नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिनुभयो । उहाँका अनुुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्नुहुनेछ ।

यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र दबाबको एजेन्डा तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।

एमालेको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि शुरु हुँदैछ । ललितपुरको च्यासलमा रहेको पार्टी मुख्यालयमा बैठक पर्सि १० गतेसम्म चल्नेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*