कुर्सी हल्लिने डर मानेको छैन : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई पद गुमाउनुपर्छ कि भन्ने डर नभएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीको प्रश्नको जवाफ दिँदै उनले सरकार जाला कि भन्ने आफूलाई विल्कुलै डर नभएको बताए ।
‘सरकार जाला कि भन्ने डर मलाइ विल्कुलै छैन । कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ, कसरी सामाजिक सेवामा सुधार ल्याउन सकिन्छ भन्ने बाहेक आजको दिनमा मेरो सरकारको कहीँ पनि चिन्ता छैन’, उनले भने ।
सांसद पराजुलीले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी प्रकरण आदिमा छानबिन अघि बढाउँदा प्रधानमन्त्रीलाई कुर्सी हल्लिने डर भएको जस्तो देखिएको बताएका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले कुर्सी जाने डर मानेको भए छानबिन नै सुरु नहुने बताए ।






