प्रिमियर लिगमा लिभरपुलले बर्नलीलाई हरायो : दोस्रो स्थानको सिटीसँग दुई अङ्कको अग्रता

काठमाण्डौ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई ३–१ गोलले हराएको छ । लिभरपुल २४ खेलमा ५४ अङ्कका साथ शीर्ष स्थानमा कायमै छ । हिजो भएको खेलमा म्यानचेस्टर सिटीले एभर्टनलाई २ गोलले हराउँदै केहीबेर शीर्ष स्थानमा उक्लिएको थियो ।
तर, सिटीको शीर्ष स्थान धेरै समय रहेन । सिटीको २३ खेलमा ५२ अङ्क छ । अरु खेलमा बे्रन्टफोर्डले उल्भ्स्लाई, फुलहमले बर्नमाउथलाई, टोटनहमले ब्राइटनलाई, सेफिल्ड युनाइटेडले लुटन टाउनलाई र न्यूक्यासलले नटिङघम फरेस्टलाई हराएको छ । आज आर्सनल र वेस्टह्याम तथा म्यानचेस्टर युनाइटेड र एस्टनभिल्लाबीच खेल हुनेछ ।






