देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याइयोस् : अमनलाल मोदी

जनपत्र
२४ माघ २०८०, बुधबार १२:११

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले देशभरकै सहकारी संस्थालाई छानबिनको दायरमा ल्याउन माग गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

जनताले खाइनखाइ आफ्नो श्रम र पसिनाबाट आर्जित गरेको पैसा सहकारीमा बचत गरेको तर, त्यस्ता लाखौं लाखौं जनताको पैसा दुरुपयोग भइराखेको उल्लेख गर्दै उनले छानबिनको माग राखे ।

‘बचत गरेको पैसा न जनताले फिर्ता पाएको छन् न सम्बन्धित मान्छेहरुले कारबाही भेगेका छन् । म सरकारलाई विशेष अनुरोध गर्न चाहन्छु – देशभैरका सहकारीलाई छानबिनको दायरमा ल्याउनुपर्छ’ सांसद मोदीले भने ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*