लुम्बिनी १०६ रनमा अलआउट, बागमतीका सूर्य तामाङले लिए ६ विकेट

जनपत्र
१३ माघ २०८०, शनिबार १४:०१

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश बागमतीसँगको खेलमा १०६ रनमै अलआउट भएको छ ।

कीर्तपुरको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ३२.२ ओभरमा अलआउट हुँदै १०६ रनमात्रै बनाउन सक्यो ।

लुम्बिनीका लागि कप्तान सुशान्त थापाले २८, निर्मल गुरुङले २७, प्रज्वल थापाले १४,  विराट भण्डारीले १३, रन बनाए । अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा बागमतीका सूर्य तामाङ एक्लैले ६ विकेट लिए  भने विपिन आचार्यले २ तथा प्रतिज जिसी र क्रिजन गुरुङले एक/एक विकेट लिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*