हेटौंडा–८ मा एमाले कार्यकर्ताको सहयोगमा निर्माण भयो आफ्नै पार्टी कार्यालय

जनपत्र
१ माघ २०८०, सोमबार ०९:१२

हेटौंडा । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा आफ्नै पार्टी कार्यालय निर्माण गरेको छ । आफ्नै जग्गामा पार्टी वडा कमिटीको कार्यालय निर्माण गरिएको हो । एमालेका संगठित सदस्य, साधारण सदस्यहरु, शुभचिन्तकहरुको सहयोगमा पार्टी कार्यालय भवन निर्माण गरिएको भवन निर्माण समितिका संयोजक एमाले जिल्ला कमिटीका सदस्य कुमार केशीले जानकारी दिनुभयो ।

कुल २५ लाख रुपैयाँ लागतमा निर्माण गरिएको पार्टी कार्यालय भवनमा एउटा हल, कार्यालय कोठा, साचौचालयहरु निर्माण गरिएको उहाँले बताउनुभयो । धेरैले पार्टी कार्यालय भवन निर्माण गर्नका लागि ढुङ्गा, इट्टा, वालुवा, सिमेन्ट, रड लगायतका सामाग्रीहरुको सहयोग गरेका थिए । भवन निर्माण गर्नका लागि करिब ६ महिना लागेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*