बीबीएल खेल्न हेलिकप्टर चढेर मैदानमै पुगे डेभिड वार्नर

जनपत्र
२७ पुष २०८०, शुक्रबार १५:०३

काठमाण्डाै – अस्ट्रेलियाका ब्याटर डेभिड वार्नर बिग बाश लिग (बीबीएल) खेल्न हेलिकप्टर चढेर मैदानमा पुगेका छन् । बीबीएलमा सिड्नी सिक्सर्ससँगकाे खेलका लागि सिड्नी थन्डर्सका खेलाडी वार्नर हेलिकप्टर चढेर सिड्नी क्रिकेट मैदानमा पुगेका हुन् ।

हन्टर भ्यालीमा भाइकाे विवाहमा पुगेका वार्नर खेल शुरु हुनुअघि हेलिकप्टरमा चढेर मैदानमा आइपुगेका हुन् । बीबीएलकाे आधिकारिक पेजले याे भिडियाे ‘शेयर’ गरेकाे छ ।

वार्नरले टेस्ट र एकदिवसीय क्रिकेटबाट सन्न्यास लिइसकेका छन् । उनले टी–२० अन्तर्राष्ट्रिय र टी–२० लिग भने खेल्नेछन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*