आजदेखि एमाले मकवानपुरमा प्रशिक्षण

जनपत्र
११ पुष २०८०, बुधबार ०७:४९

हेटौँडा । नेकपा (एमाले) मकवानपुरले तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्नेभएको छ । आजदेखि शुक्रबारसम्म जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने सो दलले जनाएको छ ।

एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले प्रशिक्षणको पहिलो दिन आज पार्टीका महासचिव शङ्कर पोखरेलले पार्टीको दशौँ महाधिवेशनको कार्यदिशामा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रशिक्षण दिने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादी दृष्टिकोण, सङ्गठन विभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबिचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भूराजनीतिक र परराष्ट्र सम्बन्धका बारेमा प्रशिक्षण दिनुहुने छ ।

यस्तै, सचिव सिग्देलका अनुसार स्थायी कमिटी सदस्य गुरु बरालले समृद्व नेपाल र सुखी नेपाली, पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले समृद्व मकवानपुरसम्बन्धी अवधारणा, पोलिटव्यूरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटव्यूरो सदस्य कैलाशप्रसाद ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबिचको अन्तरसम्बन्ध र बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्व र प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनु हुनेछ । जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले प्रशिक्षणपछि विभिन्न तहमा जिल्लाभर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*