गाजा क्षेत्रमा मारिएकामध्ये ४० प्रतिशत बालबालिका छन् : विश्व स्वास्थ्य संगठन

जनपत्र
११ कार्तिक २०८०, शनिबार ०६:३७

विश्व स्वास्थ्य संगठनले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच भएको आतंककारी हमलामा परी गाजा क्षेत्रमा ७ हजार २८ जनाको मृत्यु भएको जनाएको छ।

मारिएकामध्ये ४० प्रतिशत बालबालिका रहेको संगठनले दाबी गरेको छ।

विश्व स्वास्थ्य संगठनले गाजामा हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कका आधारमा यस्तो टिप्पणी गरेको जनाइएको छ।

जारी संघर्षमा अहिलेसम्म झण्डै १९ हजार घाइते भएका छन्। घाइतेमा पनि बालबालिकाको सङ्ख्या धेरै रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनले जनाए अनुसार गाजामा करिब एक हजार जनालाई डायलासिस आवश्यक छ। अस्पतालका सेवा जारी राख्न त्यहाँ इन्धनको समस्या भइरहेको बताइएको छ। -एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*