पाकिस्तानविरुद्ध वार्नर र मार्सको शतक, बन्यो साझेदारीको रेकर्ड

जनपत्र
३ कार्तिक २०८०, शुक्रबार १७:३२

काठमाडौं । डेभिड वार्नर र मिशेल मार्शमा विश्वकप क्रिकेट अष्ट्रेलियाका लागि नयाँ रेकर्ड बनाएका छन् ।

शुक्रबार बैंग्लुरुमा पाकिस्तानले जस जितेर फिल्डिङ रोज्यो । अष्ट्रेलियाका लागि ओपनिङ गरेका दुबैले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरे । यसअघि २०११ मा अष्ट्रेलियाका ब्राड हेडिन र शेन वाट्सनले क्यानडाविरुद्ध १८३ रनको साझेदारी गरेका थिए ।

विश्वकपकै रेकर्ड भने तोडिएन । सन् २०११ मा श्रीलंकाका तिलकरत्ने दिलशान र उपल थरंगाले जिम्बाव्वेविरुद्ध २८२ रनको अ‍ेपनिङ साझेदारी गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*