मनहरीमा नेकपा एसको वडा कमिटीनै एमालेमा प्रवेश
हेटौंडा । नेपाल कम्युिनष्ट पार्टी एमाले मनहरी गाउपालिका वडा नम्बर–९ द्वारा आयोजित शुभकामना आदान–प्रदान एवम पार्टी पुनिर्मलन कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेशका प्रथम मुख्यमन्त्री माननीय डोरमणि पौडेलको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर अगाडि बढेको नेकपा एमाले नै नेपाली हरूको हक हितका लागि काम गर्ने एक मात्र पार्टी हो भन्दै पौडेलले अहिलेको गठबन्धनबाट जनताले केही प्राप्त गर्न नसकने भएको हुदा यो सरकार नेपाल र नेपालीको हितको निम्ति नभइ भ्रष्टचारी, अपराधी र बिचौलियाको हितको निमित्त काम गरी राखेको बताउनु भयो।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मनहरी गाउपालिकाका विभिन्न पदमा रहेका १०५ जनाले सामूहिक राजीनामा बुझाएर नेकपा एमालेमा प्रवेश गरेका छन्।
पार्टीको जिल्ला तहमा रहेर काम गरेका उनीहरुले तप्काका व्यक्तिहरूसँगको बृहत् छलफल पछि सबै जिम्मेवारीबाट साधारण सदस्यसमेत नरहने गरी सामूहिक राजीनामा दिएका हुन्।
नेकपा एस जिल्ला सदस्य साधुराम अधिकारी, मानबहादुर स्याङतान, रामचन्द्र सूबेदीका साथै युबा संघ मनहरी अध्यक्ष कृष्ण चंद्र पूरी, नेकपा एस मनहरी गाउँपालिका वडा नम्बर–९ कमिटीका अध्यक्ष रामचन्द्र पुरी, मनहरीगाउ कमिटीका १७ सदस्य सहित सिंगो वडा कमिटी नेकपा एमालेमा समाहित भएको मनहरी अध्यक्ष नबीन सूबेदीले बताए।
कार्यक्रममा एमालेका प्रदेश कमिटीका सदस्यहरु रघुनाथ खुलाल, एकराज उप्रेती, बद्री लंसाल, एमाले नेता अनन्त पौडेल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, नेकपा एमाले मकवानपुरका नेताहरु मदन कुमार दाहाल, दिपक खड्का, सन्तोष चौलागाई लगायतकाको आतिथ्यता रहेको थियो ।








