स्पेनका पूर्व राजाविरुद्धको यौन दुर्व्यवहारको मुद्दा खारेज, कार्लोस प्रथमद्वारा फैसलाको स्वागत

जनपत्र
२० आश्विन २०८०, शनिबार ०६:१८

बेलायती एक न्यायाधीशले स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमको एक पूर्व प्रेमीले गरेको उत्पीडनको आरोपको लण्डनमा सुनुवाइ हुन नसक्ने फैसला सुनाएका छन् । फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गरेका छन् ।
इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायन–विट्गेन्स्टाइन–सायनले जुआन कार्लोसविरुद्ध१२ करोड ६० लाख पाउन्ड ९१५ करोड ४० लाख अमेरिकी डलर० भन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हालेका थिए ।

सन् २०१४ मा राजगद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजाले जासुसी र उत्पीडन गरेर आफूलाई ‘ठूलो मानसिक पीडा’ दिएको सायनको आरोप छ ।

न्यायाधीश रोवेना कोलिन्स राइसले पूर्व राजाविरुद्ध दायर भएको दिवानी मुद्दालाई अस्वीकार गरेका छन् । “इङ्ल्यान्ड र वेल्सको उच्च अदालतमा यो दाबीको सुनुवाइ गर्ने क्षेत्राधिकार छैन,” उनले आफ्नो लिखित फैसलामा भनेका छन् ।

न्यायाधीस राइसले भने, “यस्तो परिस्थितिमा विदेशी मूलका प्रतिवादीमाथि अङ्ग्रेजी क्षेत्राधिकारको धारणालाई समर्थन गर्ने कुनै पनि अधिकारी देखिएन ।”

“जु सायन–विट्गेन्स्टाइन–सायनले उजुरी गरेको ‘वैयक्तिक जीवनमा ठूलो मानसिक पीडा दिएको घटना’ इङ्ग्ल्याण्डमा भएको थियो भनेर पर्याप्त आधार स्थापित गर्न सकेकी छैनन्,” फैसलामा उल्लेख गरिएको छ ।

“स्पेनका पूर्व राजाले यो निर्णयको स्वागत गर्नुभएको छ । फैसलाले ‘आफू निर्दोष रहेको पुष्टि गर्दछ’ र ‘थप सार्वजनिक उपस्थिति’ को लागि मार्ग प्रशस्त गर्दछ,” पेरिसस्थित उनका प्रचारकहरूले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ ।

 

एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*