कोरोना खोप बनाउने वैज्ञानिकलाई नोवेल शान्ति पुरस्कार

जनपत्र
१६ आश्विन २०८०, मंगलवार ०६:५५

कोरोना भाइरसविरुद्ध खोप बनाउने दुई जना वैज्ञानिकलाई नोवेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। कोरोना भाइरसविरुद्धको एमआरएनए भ्याक्सिनको प्राविधिक खोज गरेका प्रोफेसरद्वय कटालिन कारिको र ड्रीउ विसम्यानलाई यस वर्षको नोवेल शान्ति पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो।

उनीहरूले उक्त प्रविधिलाई कोरोना भाइरसको महामारी आउनुअघि नै खोज गरेका थिए। उक्त प्रविधिको प्रयोगबाट क्यान्सरलगायत अन्य रोगहरूको समेत अनुसन्धान भइरहेको एजेन्सीहरूले उल्लेख गरेका छन्।

मानव स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतराको समयमा भ्याक्सिन विकासको अभूतपूर्व खोज गरेको भन्दै उनीहरूलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको नोबेल पुरस्कार समितिले जानकारी दिएको छ। ६८ वर्षीय कटालिन हंगेरीमा जन्मिएका हुन् भने ड्रीउ अमेरिकीबासी हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*