हेटौंडामा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्री प्रचण्ड आउने

जनपत्र
२३ भाद्र २०८०, शनिबार १८:५१

हेटौंडा । चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभा भोलि आइतबार बागमती प्रदेशको राजधानी हेटौंडामा हुने भएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेकपा (एकीकृत समाजवादी), बागमती प्रदेश कमिटीकी अध्यक्ष सावित्रा भुसालले भोलि हुने सभाको तयारी पूरा भएको जानकारी दिइन् । उनका अनुसार हेटौंडा स्थित रोयल पार्टी प्यालेसमा हुने सभा दिउँसो १२ बजेबाट सुरु हुनेछ ।

सभालाई प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्नेछन् ।

भोलिको सभामा समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिइने अध्यक्ष भुसालले बताइन् । भोलिकै कार्यक्रममा समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गरिने पनि बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*